☰ open Loading... 22 April 2025|  

कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु
पश्चिम नेपाल   | २८ फाल्गुन २०८०, सोमबार १४:२६

गाजाको एक अस्पतालमा कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।

राष्ट्र सङ्घले गाजामा उत्पन्न परिस्थितिलाई पोषण संकट घोषणा गरेको छ।

उत्तरी गाजाको बेत लहियास्थित कमाल अदवन अस्पतालमा मात्रै कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ भने रफाहस्थित अल अवदा अस्पतालमा कुपोषणका कारण कैयौँ बालबालिका भर्ना भएका छन्।

राष्ट्र सङ्घले गाजाका विभिन्न अस्पतालमा भर्ना भएका बालबालिकामध्य अधिकांश नवजात रहेको बताएका छन्।

राष्ट्र सङ्घका युद्धग्रस्त क्षेत्रमा तत्काल खाद्यान्न सामग्री उपलब्ध नगराए अवस्था थप भयावह बन्न सक्ने भन्दै इजरायलसहितका विश्व समुदायलाई आग्रह गरेको छ।

गाजा भरी हालसम्म कति बालबालिकाको कुपोषणका कारण मृत्यु भएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको राष्ट्र सङ्घले बताएको छ।