☰ open Loading... 23 October 2024|  

दोस्रो पटक भत्काईयो वीरेन्द्रनगरको अवैध संरचना
पश्चिम नेपाल   | ३० फाल्गुन २०८०, बुधबार १६:४२

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाले पुनः डोजर चलाएको छ ।

बुधबार बिहान डोजर चलाएपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेर रोकेका थिए । अहिले पुनः डोजर चलाएको हो।

संरचनामा हटियालाइन तर्फबाट भत्काउन सुरु भएको थियो ।

व्यवसायीहरुले आफुले बनाएको संरचना भत्काएर लैजान थालेका छन् । विहिबारसम्म सवै पसलका सामानहरु लैजाने र खाली हुने जनाईएको छ ।

केही पसलहरुले अटेर गरेको पाईएको छ । पसल बन्द गरेका छन् । ती पसलहरुमा विहिवार डोजर चल्ने जनाईएको छ ।