☰ open Loading... 23 October 2024|  

काँग्रेसका यूवा नेता शाहीले थाले, काँग्रेसको संगठन सुदृढ यात्रा
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार ११:१९

कर्णालीका १० जिल्लामा नेपाली काँग्रेस संगठन सुदृढ यात्रा चैत्र २ गतेबाट सुरु हुने भएको छ । सल्यानको कपुरकोटबाट सुरु भएर हुम्लाको सिमिकोट पुगेर संगठन सुदृढको यात्राको अन्त्य हुने जनाईएको छ ।

नेपाली काँग्रेका यूवा नेता भूपेन्द्र जंग शाहीको अगुवाईमा कर्णाली प्रदेशका स्थानीय तह, वडा हुँदै जिल्लाका नेता÷कार्यकर्ता जनता माँझ पुग्ने जनाईएको छ । नेता कार्यकर्तासंग नियमित नजिकबाट सम्पर्क गरी स्थानीय तथा सामाजिक सरोकारका विषयहरु बुझ्ने र आवाज उठाउने नेता शाहीले बताए ।

‘मुख्यत पार्टीको संगठनलाई गतिशिल दिन यात्रा सुरुवात गरिएको हो ।’ नेता शाही शाहीले भने, वडा, पालिका र जिल्लामा रहेका नेता कार्यकर्ता माँझ पुगेर संगठन बलियो बनाउने प्रमुख उद्देश्य हो ।’ नेपाली काँग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउन कर्णालीका १० जिल्लाका गाउँगाउँमा पुग्ने काँग्रेस नेता शाहीले बताए ।

‘अनुभवी पुस्तालाइ सम्मान दिदै वर्तमान पुस्ताको उर्जालाई अभिवृद्धि गर्दै भावि पुस्तालाई काँग्रेसमा जोड्ने यात्राको उद्देश्य हो ।’ यूवा नेता शाहीले पत्रकार सम्मेलनमा भने, नेपाली काँग्रेसलाई अग्रज पुस्तादेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएर संगठनलाई बलियो र सशक्त बनाउने अभियान हो ।’ यूवा नेता शाही नेपाल विद्यार्थी संघको पुर्व केन्द्रिय उपाध्यक्ष, तरुण दलको पूर्व महासचिव र नेपाली काँग्रेस कर्णाली प्रदेशको सल्लाहकार हुन् ।