☰ open Loading... 23 October 2024|  

टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार २१:१५

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघारीको भित्री सडकखण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१क ५२८१ नम्बरको टिपर नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खसेको हो।

दुर्घटनामा परी टिपरचालक नवलपुरको गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतोको घटनास्थलमै ज्यान गएको हो। टिपरभित्रै च्यापिएर रहेको अवस्थाका चालकलाई उद्धारका लागि जेसिबीसहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले झन्टा एक घण्टा लगाएर उद्धार गरेको थियो। घटनास्थल दुम्कीबास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ। मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइँदै छ।