☰ open Loading... 25 February 2025|  

कर्णालीमा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप
पश्चिम नेपाल   | ५ चैत्र २०८०, सोमबार ०७:३९

कर्णालीमा कोरोनाविरुद्धको खोप लगाइएको छ। बिहीबारबाट तीन दिनसम्म सञ्चालन भएको अभियानको क्रममा ४५ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। यसअघिका अभियानमा खोप लगाउन छुटेका नागरिकलाई लक्षित गरी फाइजर खोप लगाइएको हो।

कोरोनाको जोखिम कायमै रहेको र खोपको कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा पुनः खोप अभियान सञ्चालन गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सुर्खेत, कालीकोट, जुम्ला, दैलेख र सल्यानका गरी १६ वटा स्थानीय तहमा अभियान सञ्चालन भएको थियो। त्यसक्रममा करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएका हुन्। यद्यपि अन्तिम तथ्यांक आउन बाँकी नै रहेकाले खोप लगाउनेको संख्या बढ्न सक्ने बताइएको छ।