☰ open Loading... 23 October 2024|  

आगलागीबाट क्षति पुगेको कर्णाली पुल एकतर्फी सञ्चालन
पश्चिम नेपाल   | ६ चैत्र २०८०, मंगलवार ०६:०९

आगलागीका कारण पुलमा क्षति भएपछि एक सातादेखि बन्द गरिएको कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आजबाट सवारी सञ्चालन गरिएको छ ।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गरी मर्मतसम्भार गरेपछि आज बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको हो ।

गत फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ आउँदै गरेको ट्रकमा अचानक आगलागी भएको थियो ।

आगाले पुलमासमेत सामान्य क्षति भएको थियो ।