☰ open Loading... 26 July 2024|  

ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
पश्चिम नेपाल   | ७ चैत्र २०८०, बुधबार ११:४४

चितवनमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मुत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ स्थित कुसुनटारका ३२ वर्षीय सोमलाल लामा रहेका छन्।

गएराति नारायणगढ–मुग्लिङ्ग सडक खण्ड अन्तर्गत मुग्लिङ्ग तर्फ जादै गरेको ना ७ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल दासढुङ्गामा एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाईते लामालाई उपचारको लागि भरतपुर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको दिएको छ।

दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।