☰ open Loading... 30 April 2024|  

दैलेखमा पाँच हजार बढी विद्यार्थीले एसइई दिँदै
यामराज बिष्ट   | ९ चैत्र २०८०, शुक्रबार ०५:३९

 

दैलेख । आगामी चैत १५गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा दैलेखबाट पाँच हजार बढी विद्यार्थीले एसईई परीक्षामा सहभागिता हुने भएका छन । दैलेखका११ वटा स्थानीय तहबाट पाँच हजार २ सय ५७ जना जना विद्यार्थीले सहभागिता जनाउने छन् ।

दैलेखमा २५वटा परीक्षा केन्द्रबाट एसईई परिक्षा संञ्चालन हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले जानकारी दिए । दैलेख जिल्लामा चैत २५ गतेसम्म सञ्चालन हुने परीक्षामा जिल्लाबाट नियमित तर्फ चार हजार ८ सय ५५,प्राविधिक धार तर्फ एक सय ४६ ग्रेड वृद्धितर्फ दुई सय ५६ विद्यार्थीेले एसईई परीक्षामा सहभागिता रहने उनले जानकारी दिए ।

दैलेखमा नियमिततर्फ परीक्षामा सहभागी हुनेमा छात्र दुई हजार ४ सय ६७ छात्रा दुई हजार २७ सय ९०जना रहेका छन् । प्राविधिक धारतर्फ छात्र ८३ जना छात्रा ६३ जना रहेका छन् ।

यस वर्षको एसईई परीक्षामा ग्रेड वृद्धितर्फ छात्र एक सय ३८ जना छात्रा एक सय १८ जनाले परीक्षामा सहभागिता जनाउने निमित्त इकाई प्रमुख विष्ट जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३४ जना, निरीक्षक २ सय ५६ जना, परीक्षा सायक ४९ जना कार्यालय सहयोगी १ सय ३ जना रहेकोे उनले बताए ।

चैत १५ गतेदेखि २३ गतेसम्म साधारणतर्फको परीक्षा सञ्चालन हुने निमित्त इकाई प्रमुख विष्टले जनाए । उनले थप दुई दिन चैत २४ र २५ प्राविधिक धारतर्फको परीक्षा सञ्चालन हुने बताए । प्राविधिक धारतर्फको परीक्षा वसन्त माध्यमिक विद्यालय किमुगाँउ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुल्लुमा सञ्चालन हुने छ।उनले यस जिल्लामा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले अनुगमन गरिने बताए । आवश्यक तयारी करिब पूरा भएको बताउँदैै परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिले सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरूलाई अभिमुखीकरण शुक्रबार दिइने उनले जानकारी दिए ।