☰ open Loading... 11 May 2024|  

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै
पश्चिम नेपाल   | ९ चैत्र २०८०, शुक्रबार ०७:०६

सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

यसअघि गत १२ देखि ३० फागुनसम्मको १८ दिन २६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन ।

कोरोना भाइरसको संक्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।