☰ open Loading... 23 October 2024|  

यातायात व्यवसायीले सडक मै तेर्स्याए गाडी
पश्चिम नेपाल   | ११ चैत्र २०८०, आईतवार ०५:०९

मुगु । मुगुस्थित रारा छायानाथ यातायात प्रालिले आफ्ना सवारी साधनहरु सडक मै तेर्स्याएका छन् । नगरपालिकाले बसपार्कमा सवारी साधनहरु नराखेको भन्दै शुक्रवार यातायात प्रालिका चालकमाथि नगरपालिका कर्मचारीले हातपात गरेको आरोप लगाउदै सवारी साधन सडक मै तेर्स्याएका हुन ।

नगरप्रमुख विष्णुकुमार भामका अनुसार जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न मितिमा भएका बैठकमा सडकमा बस नराख्ने,सबै बस बसपार्कमा राख्ने, बसपार्कमा सुरक्षा,सौचालय,खानेपानी,टिकट काउण्टर लगायतका अन्य भौतिक संरचना नगरपालिकाले निर्माण गर्ने निर्णय बमोजिम नगरपालिकाको आवश्यकिय संरचना बनाउदा पनि ताकेताको व्य्यवास्ता गरेपछी आज बाध्य भए सवारी साधनहरु बसपार्कमा राख्न लगाउदा यातायात व्यवसायी र प्रालिले अटेरी गर्दा सामान्य बल प्रयोग भएको हो ।

यता रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष बहादुर शाही आफुहरुले आज बसपार्कमा बस राख्न पठाएको तर जुम्ला र सुर्खेतका लागि हिडेका जिप र बसलाइ रोकि नगरपालिकाका कर्मचारीहरुले चालकमाथि हातपात गरेपछि बाध्य भएर विरोध गर्दै सडक मै गाडी तेर्स्याएउनु परेको बताए ।

यातायात प्रालिले चालक माथी हातपात गर्नेलाइ कारवाही गर्नु पर्ने र माफी माग्नु पर्ने भन्ने र नगरपालिकाले बस बसपार्कमा राख्नुपर्ने नत्र कारवाही गर्छु भनिरहदा समस्या समाधान हुन सकेको छैन । दुबैको अडानले गर्दा आफ्नो गन्तव्यमा निस्केका यात्रुहरु अलपत्र परेको र सडक जाम हुदा निर्माणका सामग्री बोकेका ठुला गाडिहरु बाटो मै रोकिएका थिए ।

एकातिर यातायात व्यवसायी र प्राली अर्को तर्फ नगरप्रहरी,प्रहरी र ससस्त्र आफ्ने सामने हुदा झडपको स्थिती सृजना भएको थियो । शुक्रबार विहान १० बजे देखि साझ ५ बजेसम्म गमगढी बजारको न्युरोड दिनभर जसो अवरुद्ध भएको थियो ।