☰ open Loading... 7 September 2024|  

बचतकर्ताको रकम अपचलन गर्ने पक्राउ
पश्चिम नेपाल   | ९ चैत्र २०८०, शुक्रबार १६:१६

आठविसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचलन गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् । राडी शाखामा अप्रेशनल इन्चार्ज रहेका बखत् सो नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय निरज बिक्रम शाहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

उनी बैंकमा कार्यरत रहँदाको समयमा गत माघ ७ गते २९ लाख रुपैयाँ, माघ १७ गते ७८ लाख ७५ हजार रुपैयाँ र माघ १९ गते २३ लाख ५० हजार रुपैयाँका ३ वटा चेकको कुल रकम एक करोड ३१ लाख २५ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा नगरी अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरी फरार रहेका थिए ।

बाँके प्रहरीसँगको समन्वयमा बिहीबार नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट उनलाई पक्राउ गरिएको हो।