☰ open Loading... 2 May 2024|  

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार ११:४९

बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको बताए ।

पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको डीएसपी अर्यालले जनाए ।