☰ open Loading... 24 October 2024|  

डुङ्गा पल्टिँदा एक जना बेपत्ता
पश्चिम नेपाल   | ११ चैत्र २०८०, आईतवार २२:३५

बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अचानक तालमा डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले जानकारी दिए।

डुङ्गामा सवार अन्य ६ जना पौडेी खेलेर सकुशल बच्न सफल भएको उनले बताए। बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ।