☰ open Loading... 24 October 2024|  

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित
पश्चिम नेपाल   | १२ चैत्र २०८०, सोमबार १२:४९

नेकपा एमाले, सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्।

नयाँ नेतृत्वका लागि आइतवार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ।