☰ open Loading... 30 April 2024|  

श्री बन्यो सर्वाधिक जहाज र हेलिकोप्टर भएको नेपाली कम्पनी
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार १३:४०

श्री एयरलायन्सले आफ्नो बेडामा मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थपेको छ । योसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ । योसँग हाल उडानमा १७ वटा एटीआर विमान छन् ।

थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने श्रीले जनाएको छ । जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने कम्पनलीले जनाएको छ ।