☰ open Loading... 24 November 2024|  

शुद्ध पानी जिवनका लागि अपरिहार्य
यामराज बिष्ट   | १३ चैत्र २०८०, मंगलवार १७:०८

दैलेख– महाँबु गाउँपालिका वडा नं–१का वडाअध्यक्ष सर्वराज सार्कीले मानव जीवनका लागि शुद्ध पिउने पानीको महत्वलाई आम नागरिकले बुझ्न आवश्यक देखिएको बताए । एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको संयूक्त आयोजनामा दैलेखको महाँबु गाउँपालिका वडा नं–१खरिगौरामा विश्व पानी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमा उनले शुद्ध पिउने पानी नै मानवको जिवन लागी अपरिहार्य भएकोे बताएका हुन् ।उनले समुदायमा गुणस्तरिय पानीमा सबैको पहुँच दिनको लागि तथा गुणस्तरिय पानी प्रदान गर्नको लागि वडा कार्यालय सदैव तयार रहेको जानकारी दिए ।

No description available.

जिल्लामा ‘विश्व शान्तीका लागि पानीको समन्यायिक पँहुच’भन्ने मुल नाराका साथ विश्व पानी दिवस मनाइएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर दिलिप कुमार खड्काले जानकारी दिए ।पानीमा हैजा टाईफाईटका जिवाणु प्रस्सत हुन्छन त्यसो भएकोले शद्ध पिउने पानी पिउन आग्रह गरे ।दिवसको अवसरमा महाबु गाँउपालिका- १खरिगैरामा धारा पानी फिल्टरको पानी पि ए भाईलबाट जाँच गरिएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर खड्काले बताए ।

कार्यक्रममा  प्रकाश थापा,कनक सेन ,पत्रकार यामाराज बिष्ट, स्वास्थकर्मी माया सुनारले शुभकामना मन्तब्य राखेका थिए ।