☰ open Loading... 24 October 2024|  

गाउँपालिकाका पूर्व अध्यक्ष सहित ६ जना भ्रष्टाचारी ठहर
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार २२:३४

विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीयकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पूर्व अध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागाईं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो। पूर्व अध्यक्ष खड्कालाई एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ।

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए।