☰ open Loading... 24 October 2024|  

मुढा बुनेर लाखौं कमाई
यामराज बिष्ट   | १५ चैत्र २०८०, बिहीबार ०५:१७

दैलेख– नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाख सम्म आम्दानी हुने गरेको बताउँछन् ।
पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको बताए। बिहान१०बजेदेखि साँझ ५बजेसम्म सरकारी जागिरमा उनको दैनिकी बित्छ। सरकारी जागिरको अलावा बिहान साँझ बचेको समयमा मुढाको माग बढ्दै गएपछि फुसदको समयको सदुपयोग गर्दै उनले मुढा बुन्नमा व्यस्त हुने गरेका छन् ।

उनले सीपको सदुपयोग गर्दै बचेको समयमा मुढा बुनेर मासिक दश हजार भन्दा बढी आम्दानी हुने गरेको समेत उनले बताए।उनले एउटा मुढा रु ५००देखि रु १०००सम्म बिक्री हुने गरेको जानकारी दिए ।
उनले भने आफनो स्वदेशमै मेहेनत गरेर पनि बार्षिक लाखौं आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको छ ।

उनि भन्छन्, ‘हामीलाई किन बिदेश जानु प¥यो । मेहेनत गरे आफनै देशमा केहि गर्न सकिने रहेछ। अबका यूवायुवतीहरुको सपना खाडीमा गएर भाँडा माझ्ने हैन । आफनै देशमा दुई ÷चार जनालाई कसरी रोजगारी दिने भन्ने हुनुपर्छ ।’
उनका अनुसार एक दिनमा दुई देखि३वटा मुढा तयार गर्न सकिने  बताए । सीप सिकेर मुढा बुन्ने काम गर्दा समयको सदुपयोगसँगै त्यही आम्दानीले घर खर्च चल्ने समेत उनले बताए ।