☰ open Loading... 13 March 2025|  

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा
पश्चिम नेपाल   | २१ चैत्र २०८०, बुधबार १७:१७

कर्णाली -कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएको समेत बताए ।शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा निवेदन दर्ता गराएका थिए।मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्दैछन्।