☰ open Loading... 18 October 2024|  

मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण
यामराज बिष्ट   | २६ चैत्र २०८०, सोमबार ०५:३०

दैलेख । विश्व स्वास्थ्य दिवसको अवसरमा दैलेखमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाले दिवसको अवसरमा दैलेख सदुुरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

विभिन्न उमेर समूहका १सय७८जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले बताए ।

यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने उनले जानकारी दिए । नागरिकमा स्वास्थ्य चेतना र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले मधुमेह र उच्च रक्तचापको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख खड्काको भनाइ छ ।

उनका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले नगरपालिकाले उक्त रोगको निःशुल्क परीक्षण गरिएको हो ।

खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाव जस्ता कारणहरूले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्वेक्षणहरूले देखाउने गरेको छ । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरू तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सको परामर्श लिनुपर्ने सुझाव दिएको उनले बताए ।