☰ open Loading... 7 November 2025|  

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
पश्चिम नेपाल   | २२ चैत्र २०८०, बिहीबार १३:१४

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको बिहीबार बिहान मृत्यु भएको उनले जानकारी दिएका हुन् ।