☰ open Loading... 24 February 2025|  

आगलागी हुँदा एक जनाको मृत्यु
पश्चिम नेपाल   | २४ चैत्र २०८०, शनिबार १४:१५

ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’ मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए। उनका अनुसार प्रारम्भिक अध्ययन गर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थ जलेर नष्ट भएका छन्।