☰ open Loading... 25 February 2025|  

कृषि सहकारी संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पश्चिम नेपाल   | २८ चैत्र २०८०, बुधबार ०७:३८

कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्नेबारे उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

जसअनुसार अनुदानको २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी गरेर सम्झौता विपरीतका कार्यहरू गरेको र सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा जनही सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।