पश्चिम नेपाल | २ बैशाख २०८१, आईतवार २१:३१
भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका-३ का कमल बुढाको शव फेला परेको छ । गत चैत २९ गरे दिउँसो १ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका बुढाको शव आइतवार फेला परेको हो ।
बुढाको शव बेपत्ता भएको ठाउँबाट ५० मिटर तल भेरी नगरपालिका-१२ बारेला भन्ने स्थानको भेरी नदीको बिच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उनी चौरजहारी नगरपालिका-३ मा निर्माणधिन अस्पतालको काम गर्दै आएका थिए ।