पश्चिम नेपाल | ३ बैशाख २०८१, सोमबार २१:०७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएकाे हाे।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।