☰ open Loading... 30 April 2024|  

सल्यानमा बस दुर्घटना, १४ जना घाइते
पश्चिम नेपाल   | ५ बैशाख २०८१, बुधबार १३:०५

दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

राप्ती राजमार्गअन्तर्गत दाङ–रुकुम खण्डको थारमारे नजिक बुधबार बिहान पौने ११ बजेतिर सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य रहेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।

उनका अनुसार घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।