पश्चिम नेपाल | ९ बैशाख २०८१, आईतवार ०८:१५
दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ ।
वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो ।