☰ open Loading... 5 May 2024|  

मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वास मत दिएन
पश्चिम नेपाल   | १३ बैशाख २०८१, बिहीबार १७:११

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताए ।

मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताए ।

‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ,’ उनले भने ।