☰ open Loading... 15 May 2024|  

के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?
पश्चिम नेपाल   | १७ बैशाख २०८१, सोमबार १६:०७

यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्।

यूक्रेनी सेना प्रमुख जनरल ओलेक्जेन्डर सीरिस्कीले पूर्वी क्षेत्रमा यूक्रेनी सेना पछि हटेको बताए। बीबीसीका अनुसार यूक्रेनलाई अमेरिकासँग सैन्य सहयोग प्राप्त हुनुभन्दा अघि रूसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ।

टेलीग्राममा एक पोष्ट लेख्दै सेना प्रमुख सीरीस्कीले भनेका छन्, ‘सीमामा अवस्था निकै गम्भीर बनेको छ। यूक्रेनी सेनालाई पूर्वी दोनेत्स्क क्षेत्रबाट हतियार अभावका कारण पछि हट्नु परेको छ।’

रूसको रक्षा मन्त्रालयले आइवार दावी गर्दै रूसी सेनाले पूर्वी दोनेत्स्क क्षेत्र स्थित ओचेरेताइने नजिकैको एक बस्तीमाथि कब्जा गरेको बताएको छ।

सन् २०२२ को फेब्रुअरीबाट यूक्रेन र रूसबीचको युद्ध सुरु भएको हो।