☰ open Loading... 24 February 2025|  

विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार १२:३६

मुक्तिनाथ दर्शन गरेर फर्किएका विद्यार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ। दुर्घटनामा परेर १६ विद्यार्थी  सामान्य घाइते भएका छन्।

प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३-०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो। बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका हुन। बस आज बिहान करिब ९ बजे दुर्घटनामा परेको हो।

घाइते विद्यार्थीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम, मुस्ताङ  पठाइएको प्रहरीले जानकारी दिएकाे छ। दुर्घटनाग्रस्त बसलाई बाटोबाट हटाएर सडक पूर्ण रूपमा सुचारु गरेको जानकारी प्रहरीले दिएको छ। उक्त बस प्रहरी चौकीबाट ५०० मिटर पूर्वमा छ।