☰ open Loading... 7 September 2024|  

आज कर्णालीमा मन्त्रिमण्डलले पुर्णता पाउँदै, एमालेबाट को बन्ला मन्त्री ?
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार १४:२५

आज कर्णाली प्रदेश सरकारले पुर्णता पाउने भएको छ । माओवादी र एमालेबाट ६ जना मन्त्रीहरुले अहिले ः३० बजो शपथ लिदैंछन् । माआवोदीबाट वीरबहादुर शाही, महेन्द्र केसी र दुर्ग रावत मन्त्री बन्ने पक्का भएपनि एमालेबाट मन्त्री बन्नेको नाम फाइनल भएको छैन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखेपनि एमालेबाट मन्त्री हुनेहरुको नाम टुंगीएको छैन् । एमालेबाट ३ जना मन्त्री बन्ने भएपनि महिला सांसद छनौट गनुपर्ने दवाव छ ।

अध्यक्ष ओलीबाट मन्त्रीहरुको नाम मुख्यमन्त्रीमाँझ आएको एमाले श्रोतको भनाई छ । विनोद कुमार शाह मन्त्री बन्ने अग्र स्थानमा रहेको एमाले श्रोतले जनाएको छ । त्यस्तै शेर बहादुर बुढा र दक्षिणा शाही मन्त्री बन्ने एमाले श्रोतले जानकारी दिएको छ । यसअघि माओवादीबाट रणसिं परियार विना विभागिय मन्त्री भइसकेका छन् ।