☰ open Loading... 7 September 2024|  

हुम्लामा निःशुल्क स्वास्थ्य शिविर
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार १०:२०

संघीय सांसद डा. सुनिल कुमार शर्माले विशेषज्ञ चिकित्सकको टोलीसहित हुम्लाको सार्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा वैशाख १७ सम्पन्न शिविरमा १७ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो ।

काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले शिविरमा आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा १४७ जना बिरामीलाई शल्यक्रिया सहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरूको काठमाडौँ मेडिकल कलेजमा शल्यक्रिया सहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताए ।