☰ open Loading... 26 July 2024|  

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार १०:३२

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

उनले १ सय ९४ मत पाएकोमा प्रत्यासी गिरीले १ सय ३४ मत प्राप्त गरेका हुन् ।

यसैगरी, उपाध्यक्षमा महत प्यानलका प्रेमबहादुर बुढा विजयी भएका छन् । उनले ४९ मतान्तरले गिरी प्यानलका पदम बुढालाई पराजित गरेका हुन् । उनले १ सय ८७ मत प्राप्त गरेकोमा पदमले १ सय ३८ मत प्राप्त गरेका थिए । सचिवमा मानबहादुर रोकाया, उपसचिवमा धनबहादुर बुढा, महिला उपसचिवमा मेनका रेग्मी निर्वाचित भए ।

सचिवमा मानबहादुर रोकायाले १ सय ७९ मत प्राप्त गरेकोमा न्यौपानेले १ सय ४१ मत प्राप्त गरेका थिए । उपसचिवमा धनबहादुर बुढाले १ सय ७९ मत प्राप्त गरेकोमा धर्मेन्द्र रोकायाले १ सय ४१ मत प्राप्त गरे । महिला उपसचिवमा मेनका रेग्मीले १ सय ७४ मत प्राप्त गरेकोमा सुशीला भट्टराईले १ सय ८ मत प्राप्त गरे ।

निर्वाचनमा ३ सय ४३ मतदाता रहेकोमा ३ सय ३८ मत खसेको थियो । जसमा ९ मत बदर भएको एमाले निर्वाचन समिति जुम्लाले जनाएको छ ।