☰ open Loading... 7 September 2024|  

भोलि देशैभरको मौसम सफा रहने
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार १०:३८

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको केही भू–भागमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति भने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।