☰ open Loading... 26 July 2024|  

पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक
यामराज बिष्ट   | २१ बैशाख २०८१, शुक्रबार १५:१४

दैलेख–राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ लोक दोहोरी गीत‘हाँसेबोले आनन्द हुनी’सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो हालै पाण्डेको आफ्नै युट्युब च्यानल‘लक्ष्मण पाण्डे’बाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द संगीत लक्ष्मण पाण्डेले आफैले गरेका छन् ।

गीतकार पाण्डेले भर्खरै बजारमा ल्याएका नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ बोलको गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ ।
गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभिनय र नृत्य रहेको छ। गीतको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् ।‘हाँसेबोले आनन्द हुने’बोलको गीतको म्युजिक भिडियोे निर्देशन विष्णु भट्टराईले गरेका उक्त गीत मालाश्री स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।

गीतकार पाण्डेले आफ्नै लगानीमा गीतहरू सार्वजनिक गर्ने गर्दछन् । गीतसंगीतलाई अन्त्यन्तै माया गर्ने पाण्डेले यो भन्दा पहिला एकान्तमा आसु खसाए,सुखी हुन्छ जिन्दगी लगायत एक दर्जन भन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्।
गीत संगीतमा अनवरत रुपमा अगाडी बढेका पाण्डे क्षणिक चर्चा र बजारको पछि नलाग्ने,बरू पछिसम्मका लागि सोचेर मौलीक पन बोकेका गीतसंगीत सिर्जनामै तल्लिन हुने बताउँछन्।उनले भने,‘केही समयको अन्तरालपछि बजारमा सार्वजनिक गरिएको ‘हाँसेबोले आनन्द हुनी’गीतले राम्रो चर्चा पाउँछ भन्ने विश्वास छ ।’