☰ open Loading... 7 September 2024|  

भुक्तानी समस्याले व्यान्डविथ काटियो
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार २१:४५

प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ।

लामो समयदेखि बक्यौता भुक्तानी नभएको भन्दै भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालतर्फको कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या आएको सेवा प्रदायकहरूले बताएका छन्।

आज दिउँसो चार बजेदेखि इन्टरनेटमा समस्या आएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकहरूले व्याण्डविथको भुक्तानी गर्नको लागि सरकारले मुद्रा सटही नगरिदिएको भन्दै जुनसुकै बेला समस्या आउन सक्ने बताउँदै आएका थिए।

इन्टरनेट सेवा प्रदायकहरूले सरकारले तिर्नुपर्ने रकम नतिरेको भन्दै सटही दिन मानेको थिएन। व्यवसायीले भने बक्यौता नरहेको दाबी गर्दै आएको छ।

यही विवादको कारण ब्यान्डविथ खरिदको बक्यौता बढेपछि भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको अपस्ट्रिम सेवा काटिदिएको बताइएको छ।

नेपालका वर्ल्डलिंक, सुबिसु, भायनेट लगायत सबैजसो प्रदायकले दिने सेवा अवरूद्ध भएको छ