☰ open Loading... 7 September 2024|  

विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा उपस्थित भए सन्दीप
पश्चिम नेपाल   | २२ बैशाख २०८१, शनिबार ०५:०१

विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा सन्दीप लामिछाने पनि उपस्थित भएका छन् । टी-२० विश्वकप खेल्ने नेपालको स्वक्वाडमा स्टार स्पिनर सन्दीप नभए आज खेलाडीहरूको बिदाइ कार्यक्रममा उनी उपस्थित भएका हुन् ।

टिमको बिदाइका लागि सोल्टी होटलमा क्यानले कार्यक्रम आयोजना गरेको कार्यक्रममा सन्दीप उपस्थित भएका हुन् । सन्दीपले कार्यक्रम स्थलमा आएर क्यानका सचिव पारस खड्कासँग अङ्कमाल गरेका थिए । यसैगरि नेपाली टिमका प्रशिक्षक मोन्टी देसाइ र केही खेलाडीहरूले पनि सन्दीपलाई अङ्कमाल गरेका थिए भने वेस्ट इन्डिजका खेलाडीहरूसँग हात मिलाएका थिए ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप अहिले नेपालको स्वक्वाडमा छैनन् ।