☰ open Loading... 26 July 2024|  

जनप्रतिनिधिले गरे नागरिकका समस्या समाधान गर्न प्रतिबद्धता
पश्चिम नेपाल   | २५ बैशाख २०८१, मंगलवार ०५:०६

दैलेख ः दैलेखका स्थानीय तहका जनप्रतिनिधिले नागरिकका समस्या समाधान गर्न प्रतिबद्धा जनाएका छन्। अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाले जलवायु परिवर्तनले पारेको प्रभावसँगै खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रमा त्यसले पारेको प्रभावका विषयमा स्थानीय सरकारसँग गरेको छलफल कार्यक्रममा नागरिकका समस्याको समाधानका प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा जलवायु परिवर्तनका कारण खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न योजना बनाएर लागेको स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले जनाएका छन् । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले सञ्चालन गरेको गोष्ठीमा महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले जलवायु सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइन् । नागरिकका समस्या गम्भीर भएर समाधान गर्न स्थानिय सरकार
लागी परेको बताइन् ।

गुँरास गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले आम नागरिकलाई खानेपानीको सहज पहुँचमा ल्याउनका लागि गुराँसले एक घर एक धारा नीतिलाई अघि बढाएको बताइन् । उनले एक घर एक धाराको नीतिले आफ्नै पाँच वर्षे कार्यकालमा पूर्णता पाउने बताइन् ।

नागरिकलाई सहज तरिककाले खानेपानीको प्रदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले बताइन् ।उनले आम नागरिकको आवश्यकत्तालाई मध्यनजर गर्दै पालिकाले कामहरू अघि बढाएको बताइन् ।

यस्तै डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले पालिकाले खानेपानीका क्षेत्रमा दिगो रूपमा संञ्चालन हुने खालका काम गर्ने प्रतिबद्धता जनाए ।जलवायु परितर्वनको क्षेत्रमा आगामी दिनमा रणनिती तयार पारेर काम गर्ने उनले बताए ।

कार्यक्रम समापनमा बोल्दै एभरेस्ट क्लबका सचिव कृष्ण केसीले जलवायु परिवर्तन र खानेपानीको सही व्यवस्थापनका लागि स्थानीय सरकारसँगै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारकार र सम्बन्धित निकाय विभिन्न हिसाबले जलवायु परिवर्तनका विषयमा ठोस कार्यक्रम बनाउनुपर्ने बताए ।