☰ open Loading... 18 October 2024|  

भैरवी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
यामराज बिष्ट   | २५ बैशाख २०८१, मंगलवार ०५:१५

दैलेख –भैरवी गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । भैरबी गाउँपालिका–४मा ६करिब रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवन सोमबार एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले शिलान्यास गरेकी हुन् ।भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भण्डारीले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। प्रशासनको भवन निर्माण भइसकेपछी भवन अभाबका कारण बषौ अघिदेखिको समस्या पनि समाधान हुने उनले बताइन् ।

संघीय सरकार र गाउँपालिकाको साझदारीमा ८करोड ७लाख ८७हजार९सय८०रुर्पौया लागतमा निर्माण हुने भैरवी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए।
उनले भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।

गाउँपालिकाको४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लागतमा भवन बन्न लागेको प्रमुख प्रसासकी अधिकृत थापाले बताए ।उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने उनले जानकारी दिए ।धेरै बर्ष अगाडी देखि भवन निर्माण गर्ने भनिएपनि बजेट अभाबका कारण भवन निर्माण हुन सकेको थिएन ।