☰ open Loading... 19 September 2024|  

दैलेखमा आगलागी हुँदा दुई पसलमा क्षति
यामराज बिष्ट   | २५ बैशाख २०८१, मंगलवार १५:२७

 

दैलेख–दैलेख सदरमुकामा त्रिभवन मावि नजिकै आगलगी हुँदा२वटा पसल क्षति भएको छ। ।मंगलबार दिउँसो करिब१बजे तिर भएको आगलगीबाट सोही स्थानका साजन अटो पार्टस, सम्झना इन्टरप्राईजेज  क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नेपाली सेना,नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभ्याउने काम भईरहेको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।“अधिकांश सामान जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदै छ,” दाहालले भने। प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।