☰ open Loading... 7 September 2024|  

आगलागीबाट दुई करोडभन्दा बढीको क्षति
यामराज बिष्ट   | २५ बैशाख २०८१, मंगलवार २१:००

दैलेख– दैलेख सदरमुकामा त्रिभवन मावि नजिकै आगलगी हुँदा२वटा पसल जलेर नष्ट भएका छन् ।आगलागीबाट करिब दुई करोड २८लाख२०हजारको बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

May be an image of 6 people

मंगलबार दिउँसो करिब १बजे तिर भएको आगलगीबाट सोही स्थानका साजन अटो पार्टसमा सम्झना इन्टरप्राईज जलेर नष्ट भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
आगलागी लगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको दैलेखका प्रहरी प्रमुख दाहालले जानकारी दिए।

“अधिकांश सामान जलेर नष्ट भएको छ, दाहालले भने,दिउँसो लागेको आगलागी करिब एक घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो।आगलागीबाट दुई वटा पसलका सामानसहित जलेका थिए ।

सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका सञ्चालक भूपेन्द्र बिसीले बताए।