☰ open Loading... 16 September 2024|  

प्रदेश खाद्य परिषद् गठन गर्न माग
यामराज बिष्ट   | १ जेष्ठ २०८१, मंगलवार २०:०८

कर्णाली– खाद्य अधिकार संञ्जाल सुर्खेत, फियान नेपालले ‘प्रदेश खाद्य परिषद्’ गठन गर्न माग गरेका छन् । खाद्य अधिकारकर्मिले खाद्य अधिकार तथा सम्प्रभूता सुनिश्चितता ऐन,२०७७ जारी भएको व्यवस्था भए बमोजिम प्रदेश खाद्य परिषद गठन गर्न माग गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको अवगत गराउँदै प्रदेश सरकारको उक्त हकको व्यवहारिक कार्यान्वयनको लागि नियमावली संशोधन र प्रदेश खाद्य परिषद गठन गन आवश्यक भएको भन्दै ज्ञापन पत्र बुझाएको फियान नेपालका प्रकाश सिंह नेगीले  जानकारी दिए ।

ज्ञापन पत्रमा खाद्य सम्बन्धि हकको व्यवहारिक कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धि ऐन, २०७५ जारी गरेको र सोही बमोजिम कर्णाली प्रदेश सरकारले उक्त हकलाई प्रदेश स्तरमा कार्यान्वयन गर्नका लागि ‘खाद्य अधिकार तथा सम्प्रभूता सम्बन्धी ऐन, २०७७’ जारी गरेको छ । उक्त ऐन निर्माण गर्ने क्रममा नागरिक समाज र अन्य सरोकारवाला संघ संस्थाहरुले प्रदेश सरकारसँगको सहकार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।
यस्तै खाद्य परिषद गठनका लागि आफुले आवश्यक पहल गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा खाद्य अधिकार सञ्जालका संयोजक जगत कुमार केसी, फियान नेपालका प्रकाश सिंह नेगी, जिल्ला खाद्य अधिकार सञ्जालका बिन्दुलाल रेग्मी लगायतको समेत सहभागिता रहेको थियो।