☰ open Loading... 19 September 2024|  

पहिरो पिडित खाद्य अधिकार समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण
पश्चिम नेपाल   | ५ जेष्ठ २०८१, शनिबार ०९:०४

दैलेख- दैलेखमा बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ पहिरो पिडित खाद्य अधिकार समुहको वकालत पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण कार्यशाला सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा नारायण नगरपालिका वडा नं -४मा उक्त कार्यशाला सम्पन्न भएको हो ।

फियान नेपालले विगत ३ बर्ष देखी सो क्षेत्रमा पहिरो पिडितको हकहितमा वकालतमा काम गरेको फियान नेपालका प्रकाश नेगीले जानकारी दिए ।उनले वडा कार्यालय,नगरपालिका ,प्रदेश सरकारको समन्वय नाराययण नगरापालिका ४भिरमैरामा थुप्पै काम गरेको बताए ।

फियान नेपालले पहिरो पिडितको समस्या सावधान गर्न थप्पै काम गरेको नगरपालिका–४का वडाध्यक्ष चन्द्र बहादुर कटुवालले बताए । उनले फियानले नेपाल गर्दा वडामा धेरै सहयोग भएको भन्दै धन्यावद दिए।

यस्तै फियानले उठान गरेको सवालका कारण पहिरो पिडित खाद्य अधिकार समुहका अध्यक्ष टेक बहादुर रानालले फियानले समुहगत रुपमा गर्दै आएको सहयोग प्रती धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनी सहयोगको अपेक्षा रहेको बताए ।


हस्तारण कार्याक्रममा नारायण नगरपालिकाले नागरिकका समस्या लागी पहल गर्ने नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापालले बताइन् । उनले फियानले गरेको कामको प्रशसा गर्दै स्थानिय सरकारले बिकास निर्माणमा थप्रै काम गरेको समेत उनले जानकारी दिइन्।