☰ open Loading... 23 November 2024|  

जेठ १३ देखि पोलियोविरूद्धको खोप अभियान,दैलेखका १४ हजार बढी बालबालिकालाई खोप लगाइने
पश्चिम नेपाल   | ८ जेष्ठ २०८१, मंगलवार २०:०९

 

दैलेखमा यही जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान संचालन हुन लागेको हो ।

जिल्लाका ११ वटा स्थानिय तहमा करिब चौध हजार तीस सय बालबालिकाहरूलाई आईपीभी खोप लगाईने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दैलेखमा आईपीभी खोप अभियान संचालन हुँने उनले जानकारी दिए।

यस्तै स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने स्वास्थ्य सेवा कार्यालय दैलेखका नित्तित स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर धर्मराज रेग्मीले बताए । जिल्लाका ११वटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालयले आवश्यक तयारी थालेको उनले  जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले खोप अभियानलाई सफल बनाउन प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।उनले खोप अभियानलाई सबैको सहयोग गर्न आग्रह गरे।