☰ open Loading... 19 September 2024|  

भतिजाको कुटपिटबाट काकाको मृत्यु
पश्चिम नेपाल   | ११ जेष्ठ २०८१, शुक्रबार १६:३२

भतिजाको कुटपिटबाट सल्यानमा गम्भीर घाइते भएका काकाको मृत्यु भएको छ । शारदा नगरपालिका-६ बरला घर भएका वर्ष ३१ का डनराज बिष्टले कुटपिट गर्दा काका वर्ष ४६ का घनश्याम बिष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार डनराज बिष्टले काका घनश्याम बिष्टलाई जेठ ४ गते राति मदिरा सेवन गरी घर नजिकै कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएका घनश्यामलाई आफन्तले तत्काल उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगेका थिए । डाक्टरले उपचार हुदैन लैजानुस् भनेपछि आफन्तले घर ल्याउँदा बाटैमा उनको मृत्यु भएको हो ।

कुटपिट गरेर काकालाई मार्ने डनराजलाई प्रहरीले पक्राउ गरेको डिएसपी कार्कीले जानकारी गराए । घनश्याम केही दिनदेखि भतिज डनराज विष्टको घरमा बस्दै आएका थिए । कुटपिटको वास्तविक कारण खुल्न नसकेपनि मदिराकै कारण जस्तो देखिएको डिएसपी कार्कीको भनाइ छ ।