☰ open Loading... 26 July 2024|  

नेपाल प्रधानाध्यापक संघ दैलेखको अध्यक्षमा रोकाय
यामराज बिष्ट   | १३ जेष्ठ २०८१, आईतवार ०५:४३

दैलेख – दैलेखमा नेपाल प्रधानाध्यापक संघ नामको छाता संगठन स्थापना भएको छ। भेलाले नेपाल प्रधानाध्यापक संघको अध्यक्षमा धनबहादुर रोकायको नेतृत्वमा १९सदस्यीय समिति चयन गरेको हो ।
 समितिको उपाध्यक्षमा दानबहादुर कठायत, सचिव घनश्याम रेग्मी, सहसचिव बलराम जैसी, कोषाध्यक्ष नारायणप्रसाद जैसी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा तेजबहादुर बिक, टिकाकुमारी थापा, रामप्रसाद खनाल, जनक कार्की, पदम कठायत, तारा रिजाल, धनबहादुर बुढा, तीर्थराज थापा, रेशम भट्टराई, माण्डबी सिंह चयन चयन गरिएको छ ।  संघको जिल्ला सल्लाहकार समितिमा निरक तारामी, देबीराम आचार्य र सन्तबहादुर खड्का सर्वसम्मतबाट चयन भएका छन्।

कार्यक्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि योग्यता तथा समर्पित नेतृत्वको खाँचो रहेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले बताए।

नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष भक्तबहादुर शाहीले यो संस्था कुनै पनि अन्य संघ संस्थासँग चुनौती बन्न नआएको बरू सबैसँग हातेमालो गरी अगाडी बढ्न आग्रह गरे ।

विद्यालयहरूको गुणस्तर सुधारका लागि स्थानीय पालिकाहरूले सक्दो लगानीमा जोड दिनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाही बताए । उनले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुले लगनशीलता बढाउन पर्ने सुझाव दिए । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि योग्यता तथा समर्पित नेतृत्वको खाँचो रहेको उनको भनाई छ ।