☰ open Loading... 26 July 2024|  

राष्ट्रिय वाणिज्य बैङ्क दैलेखद्वारा क्रेडिट कार्ड सेवा सुरु
यामराज बिष्ट   | २९ जेष्ठ २०८१, मंगलवार ०८:१९

दैलेख–राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखले क्रेडिटकार्ड सेवाको शुभारम्भ गरेको छ ।वाणिज्य बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर दैलेखमा पहिलो पटक क्रेडिटकार्ड वितरण गरेको हो ।
बैङ्कले ग्राहक अभिषेक अनुरागलाई एक कार्यक्रमका बिच क्रेडिटकार्ड वितरण गरिएको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण प्रसाद उपाध्यायले जानकारी दिए ।
उनले क्रेडिटकार्डको बितरण पछि पूर्ण डिजिटल बैङकिङतर्फ बैङ्क अगाडि बढेकोे बताए । उनले ग्राहकको चाहनानुसार ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैङ्कले विश्वास लिएको बैङ्कका शाखा प्रबन्धक उपाध्यायले बताए ।
कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा वस्तु वा सेवा खरिद गर्दा क्रेडिटकार्ड सिमा २० हजारदेखि ५लाखसम्म पाइने उनले बताए।