☰ open Loading... 23 December 2024|  

८४ सम्म सत्ता गठबन्धन परिवर्तन भईरहन्छ ः नेता निधि
पश्चिम नेपाल   | २५ जेष्ठ २०८१, शुक्रबार २०:३१

नेपाल काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावसम्म सत्ता गठबन्धन परिवर्तन भईरहने बताएका छन् । प्रेस युनियन दैलेखले गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्रीले पद टिकाउन नयाँ नयाँ गठबन्धन गरिरहने नेता निधिले बताएका हुन् ।

‘२०८४ सम्म सत्ता गठबन्धन परिवर्तन भईरहने छ ।’ नेता निधिले भने, समयअनुसार सत्ता परिवर्तन भईरहने तर, कति पटक हुन्छ त्यो भन्न सक्दिन ।’ उनले सविधान बने पनि पूर्णता नपाएकाले संघियता बलियो नभएको बताए । संविधानले खोजेको अनुसारको संघीयता कार्यान्वयनमा नआएको नेता निधिले बताए ।

‘प्रदेशमा सामान्य हुनुपर्ने आफ्नै निजामती कर्मचारी, प्रहरी छैन् ।’ नेता निधिले भने, प्रदेशमा सरकार भएर मात्र हुँदैन् त्यहाँ चाहिने कुराहरु नहुँदा अपुरो जस्तो भएको छ ।’

उनले दैनिक ज्यालादारी गरेर सहकारीमा जम्मा गरेको पैसा ठगी गर्नेहरुलाई कानुनी दायरामा नआएसम्म काँग्रेस चुप लागेर नबस्ने बताए । प्रमाणदेखि सवै अनुसन्धानले पहिलादेखि नै रवि लामेछानेको नाम आएकोले कावार्ही हुनुपर्ने नेता निधिको भनाई छ । जनसरोकारको विषयमा काँग्रेस गम्भिर भएर लागेको उनलेको भनाई छ ।

गिरी बन्धु टी स्टेटमा काँग्रेसको संग्लता नभएको र हावा आरोप लगाईएको उनले बताए । ‘गिरी बन्धु टी स्टेटको बारेमा पार्टीको धारणा छानविन होस् भन्ने छ ।’ नेता निधिले भने, कसले गरेको छ कसको पालामा भएको सवै स्पष्ट छ ।’

पत्रकार भेटघाट कार्यक्रमको समापन नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले गरेका थिए ।

शनिवार दुल्लु हुँदै नेता निधि कालिकोट, जुम्ला, मुगुसम्म पुगेर नेता÷कार्यकतासंग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।क