☰ open Loading... 7 September 2024|  

नेपाल भित्रियो मनसुन, पश्चिम आउन २ दिन लाग्ने
पश्चिम नेपाल   | २९ जेष्ठ २०८१, मंगलवार ०८:२१

यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ ।

नेपालमा मनसुन सरदर जुनको १३ मा भित्रने गरे पनि यो वर्षको मनसुन भने ३ दिन अगावै सोमबार पूर्वी भू-भाग भएर भित्रिएको हो ।

कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार नेपाल भित्रिएको मनसुन विस्तारै अन्य देशमा पनि फैलने छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा यो वर्ष अन्य मुनसुनको समयमा भन्दा बढी वर्षा हुने मौसमविदहरूको पूर्वानुमान छ ।