☰ open Loading... 19 September 2024|  

सुनको मूल्य स्थिर
पश्चिम नेपाल   | २९ जेष्ठ २०८१, मंगलवार १२:१३

स्थानीय बजारमा सुनको मूल्य आज तेस्रो दिन पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ पुगेको हो।

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै,चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।